प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित युनिक एकेडेमीको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो।

भक्तपुरको दुईवटै निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । यसका लागि सबेरैदेखि मतदाता लामबद्ध भएका थिए । जिल्लाका सबै केन्द्रमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए।

देशभर आइतबार सुरु भएको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन्। ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्