रौतहटको गुजरा र गरुडामा चल्यो गोली, मतदान स्थगित



रौतहट । मतदानाका क्रममा रौतहटका विभिन्न २ स्थानमा गोली चलेको छ । जिल्लाको गुजरा नगरपालिका र गरुडामा गोली चलेको हो ।

गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्ष सुनिल मल्लले जानकारी दिएका छन् ।

मतदान गर्ने क्रममा विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ । गोली चलेका दुवै मतदान केन्द्रमा तत्तकाललाई मतदान स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्