अर्थमन्त्री शर्माले गरे मतदान



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका आज देशभर मतदान भइरहेको छ। मतदान आज बिहान ७ बजेदेखि शुरु भएको हो । यसैक्रममा अर्थमन्त्री जनार्दन शर्माले आज बिहान ७ बजे यमुना नन्द नमूना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट नगरपालिका–५ सेरीगाँउ रुकुमपश्चिम मतदान केन्द्रबाट मतदान गरेका छन्। उनी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुकुमपश्चिममा उम्मेदवार हुन्।

यस्तै नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका–८ जौबारीको परोपकार आर्दश मावि क मतदान गरे । सोही पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले रोल्पा नगरपालिका लिवाङ–१ को वामरुपकस्थित तारा मावि रोल्पामा आज बिहान ७ः३० मा मतदान गरे।

सोही पार्टीका उपमहासचिव शक्तिबहादुर बस्नेतले भेरी नगरपालिका १ स्थित बागेश्वर आधारभूत विद्यालयमा मतदान गरे । सोही पार्टीका उपमहासचिव वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थित बालउदय मावि माडीचौर मतदान केन्द्रमा मतदान गरे । उनी रोल्पाबाट वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्