पर्सा-२ मा सत्ता गठबन्धनका चौरसियाको अग्रता



वीरगञ्ज । पर्साको क्षेत्र नम्बर २ को हालसम्मको भएको मतगणनामा नेपाली कांग्रेसले शुरुवाती अग्रता लिएको छ । १ हजार ३ सय ८४ मत गणना गर्दासम्म प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अजय चौरसियाले अग्रता लिएका हुन् ।

पाँच दलीय गठबन्धनका उम्मेदवार चौरसियाले ६ सय ७६ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्दी एमाले र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सुरेन्द्र कुर्मीले ४ सय ९६ मत प्राप्त गरेका छन् । कुर्मीभन्दा चौरसिया १ सय ८० मतले अगाडी छन् ।

राजेन्द्र लिंगदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नरेश साह कानुले ३२ मत प्राप्त गरेका छन् । ८६ हजार ९ सय ६६ मतदाता रहेको क्षेत्र नम्बर २ मा ५९ हजार १ सय ८८ मत खसेको छ । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा क्षेत्र नम्बर १ र २ को मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्