पर्सा १ मा प्रदीपको शुरुवाती अग्रता



वीरगञ्ज । पर्साको क्षेत्र नम्बर १ मा पूर्वमन्त्री प्रदीप यादवले शुरुवाती अग्रता लिएका छन्।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनका साझा उम्मेदवार यादवले ६ सय मत पाउँदा स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीले ४ सय मत प्राप्त गरेका छन्।

द्विवेदी यादवभन्दा २ सय मतले पछाडी छन्। तेस्रो स्थानमा ५ दलीय सत्ता गठबन्धनका उम्मेदवारलाई उछिन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का किरणमान डंगोलले २ सय मत ल्याएका छन्।

सत्ता गठबन्धनका उम्मेदवार लक्ष्मणलाल कर्णले जम्मा ४९ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्