काठमाडौं ५ मा प्रदीपसँग ईश्वर पोखरेल २५ सय मतले पछाडि



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा प्रदीप पौडेलले मतान्तर बढाउँदै लगेका छन्। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका पौडेलले २५ सय ४० मतान्तरले लिड गरिरहेका छन्। उनले सुरुवातदेखि नै अग्रता कायम राखेका छन्।

उनले ८ हजार २ सय २० मत प्राप्त गरेका छन्। पछिल्लो मतपरिणाम अनुसार त्यहाँ २४ हजार ७ सय ६० मत गणना भएको छ। जसमध्ये नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले ५ हजार ६ सय ८० मत प्राप्त गरेका छन्। एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका पोखरेल सुरुदेखि नै पछि परेका हुन्।

प्रतिक्रिया दिनुहोस्