ललितपुर ३ मा तोसिमा अगाडि, पछि परिन् पम्फा



ललितपुर । ललितपुरको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले अग्रता बढाएकी छन् । एमालेका अमृत खड्कासँग अहिले उनको १५५९ मतको दुरी छ । पछिल्लो अपडेट अनुसार तोसिमाको चुनावचिन्ह घन्टीमा अहिलेसम्म ६ हजार २ सय ६९ मत खसे्को छ । एमालेले ४ हजार ७ सय १० मत ल्याएको छ ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसा लभने पछि पर्दै गएकी छन् । उनले २ हजार ६ सय ९४ भोट ल्याएकी छन् । अहिलेसम्म यस क्षेत्रमा १५ हजार ४०० भोट गनिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्