ललितपुर–२ ‘ख’ कांग्रेसका चित्रकार निर्वाचित



काठमाडौँ । ललितपुर क्षेत्र नम्बर २ ‘ख’को प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार निर्वाचित भएका छन्। चित्रकार ६ हजार ९९५ मत ल्याएर निर्वाचित भएका हुन्।

चित्रकारका निकटतम प्रतिस्पर्धी एमालेका ज्ञानेन्द्र शाक्यले ६ हजार ८ सय ३२ मत पाएका छन्। तेस्रोमा हाम्रो नेपाल पार्टीका मंगलकृष्ण श्रेष्ठले ५ हजार ९५४ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

यसअघि ललितपुर निर्वाचन क्षेत्र नम्बर२ मा एमालेका प्रेमकृष्ण महर्जन निर्वाचित भइसकेका छन् भने २ ‘क’मा एमालेकै रामेश्वर श्रेष्ठ निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्