उदयपुर-२ मा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित



काठमाडौँ । उदयपुर क्षेत्र नम्बर-२ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले भर्खरै मतगणना सकिएको र एमालेका रायमाझी विजयी भएको जानकारी दिएको छ।

यद्यपि औपचारिक मतपरिणाम आउन भने केही समय लाग्ने छ । यो क्षेत्रमा एमालेका रायमाझीले नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई पछि पारेका हुन्।

यसअघिको निर्वाचनमा भने उदयपुर-२ मा माओवादी केन्द्रका सुरेशकुमार राई विजयी भएका थिए। यसपटक भने सत्ता गठबन्धनबीच सिट बाँडफाँटको क्रममा यो क्षेत्र एकीकृत समाजवादीको भागमा परेको हो।

प्रतिक्रिया दिनुहोस्