मुगुको प्रदेशसभामा माओवादी र एमाले विजयी



मुगु । मुगु प्रदेशसभा (१) मा नेकपा एमाले र प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल र (२) मा माओवादीका मंगलबहादुर शाही विजयी भएका छन् ।

मल्लले ६ हजार ६ सय १८ मत ल्याउँदा उनका प्रतिस्पर्धी एकीकृत समाजवादी पार्टीका गोपालबहादुर बमले ५ हजार ५ सय ४५ मत ल्याए ।

प्रदेशसभा (२) मा शाहीले ८ हजार ४ सय २९ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका कर्णबहादुर मल्लले ४ हजार ८ सय ८४ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्