कमल थापा भन्छन् : चुनाव हारेर मैले केही गुमाएको छैन



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेर आफूले केही नगुमाएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै थापाले आफूले चुनाव हारेर केही नगुमाएको तर हिन्दु राष्ट्र, काठमाण्डौ जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र,चक्रपथ बनाउने, हेटौँडा हस्पिटलको स्तरोन्नति गर्ने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता लागेको बताए ।

उनले लेखेका छन् चुनाव हारेर मैले व्यक्तिगतरुपमा केही गुमाएको छैन । नेपाललाई सर्वधर्म समभाव सहितको हिन्दुराष्ट्र बनाउने सपना कमजोर भएकोमा दुःखी छु । मैले हेटौंडालाई राजधानी त बनाएँ । तर,काठमाडौं जोड्ने सुरुङमार्ग,नयाँ औद्योगिक क्षेत्र,चक्रपथ बनाउने, हेटौंडा हस्पिटलको स्तरोन्नति गर्ने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्