राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लिएर टिप्पणी गरेका छन् । मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई संवोधन गर्दै अध्यक्ष ओलीले रास्वपाको उदयलाई रहस्यमय रहेको टिप्पणी गरेका हुन् । अमेरिकामा रहेको पार्टीको दुरुस्तै नेपालमा कसरी भयो भन्दै ओलीले प्रश्न समेत गरेका छन् ।

ओलीले अगाडि भने ‘संयोग नै भनौं अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिन्ह घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका, त्यसको चिन्ह घण्टी छ । दुरुस्त आकारको, फोटो खिचेजस्तो दुरुस्त आकारको घण्टी चिन्ह यहाँपनि ल्याएको छ । फ्रिडम पार्टी भनेको छ, संयोग नै होला । अस्तिसम्म स्याप्पै थियो त्यो पार्टी हावा नहाली कसरी हुप्प भयो रु केही त होला ।’

उनले यसबारे थप टिप्पणी गर्ने पक्षमा आफू नरहेको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्