काठमाडौंका ३ वटा कपडा गोदाम शिलबन्दी



काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौंका तीन स्थानमा रहेका कपडा गोदाममा शिलवन्दी गरेको छ । भन्सार छलि गरी ल्याइएका सामान गोदाम गरिराखेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र विभागको टोलीले छापा मारि तीन स्थानमा रहेका कपडा गोदाममा शिलवन्दी गरेको हो ।

नितेश इम्पेक्सको काठमाडौंको भेडासिंङ, क्षेत्रपाटी र भुरुङ्खेलमा रहेको कपडा गोदाममा शिलवन्दी गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए । उनले शुक्रबारदेखि बिभागले शिलवन्दी गरेका स्थानमा थप अनुसन्धान गर्ने बताए ।

गोदाममा भन्सार छलि गरि ल्याइएका ठूलो परिणाममा थान कपडा रहेको आशंका गरिएको उनले बताए । छापा मार्दा बिज, बिजक फेला नपरेकाले सिलबन्दी गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्