५० हजार राशिको भरतमोहन अधिकारी आर्थिक पत्रकारिता पुरस्कार घोषणा



काठमाडौँ । ५० हजार राशिको भरतमोहन अधिकारी आर्थिक पत्रकारिता पुरस्कार घोषणा भएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको आर्थिक सहयोगमा उक्त पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।

उक्त घोषणा अनुसार २ आर्थिक पत्रकारलाई नाफिजले पुरस्कृत गर्ने छ । नाफिजले फाउण्डेसनको सहयोगमा ‘भरतमोहन अधिकारी – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी – नाफिज सहकारी पत्रकारिता पुरस्कार’ प्रदान गर्ने छ।

नाफिजका अध्यक्ष मोदनाथ ढकाल र फाउण्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मंगलबार एक कार्यक्रमकाबीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरकर्ता अधिकारी पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीकी पुत्री हुन्।

यो वर्षको ‘भरतमोहन अधिकारी-नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी-नाफिज सहकारी पत्रकारिता पुरस्कार’ मंसिर २८ गते नाफिजको छैठौं महासभाको विशेष समारोहमा ५०-५० हजार रुपैयाँको दरले २ जनालाई प्रदान गरिनेछ । पुरस्कार छनोटका लागि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी ३ सदस्यीय कार्यदल गठन गरिनेछ ।

फाउण्डेसन र नाफिजबीच भविष्यमा यस्तै पुरस्कार प्रदान गर्न अक्षय कोष स्थापना गर्ने सहमति समेत भएको छ।

प्रतिक्रिया दिनुहोस्