समानुपातिक सांसद चयन गर्न एमालेको सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्दैछ । शुक्रबार नै बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेर शनिबारका लागि सारिएको हो । समानुपातिकतर्फबाट निर्वाचित हुने सांसदहरूको नामलाई अन्तिम रुप दिने लगायतका विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनकाअनुसार पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकले समानुपातिक सांसद चयन गर्ने छ। एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्ने पार्टीको तयारी छ । निर्वाचन आयोगले समानुपातिक तर्फ निर्वाचित हुने सदस्यहरूको नामावली उपलब्ध गराउन राजनीतिक दलहरूलाई पत्राचार गरेको छ।

प्रतिक्रिया दिनुहोस्