कांग्रेसमा समानुपातिक सांसदको लफडा, विना निष्कर्ष टुंगियो कार्यसम्पादन समिति बैठक



काठमाडौं । नेपाली कांग्रेसको समानुपातिक पद्धतितर्फको सांसद चयनका लागि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक विना निश्कर्ष सकिएको छ।

समानुपातिक पद्धतिबाट चयन गर्नुपर्ने ३ जना पुरुषका लागि धेरै जनाको दावी रहेपछि कार्यसम्पादन समितिको बैठकले टुंगो लगाउन नसकेको हो।

एक पदाधिकारीका अनुसार अब शनिबार नै बालुवाटारमा बस्ने पार्टीको पदाधिकारी बैठकले सांसद चयन गर्नेछ। शनिबारको बैठक समानुपातिकतर्फको पुरुषका लागि विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, डा.प्रकाशशरण महत, जीवन परियार, फरमुल्लाह मन्सुरलगायत आ–आफ्नो क्लस्टरको पहिलो स्थानमा रहेका नेताहरु आकांक्षी छन्।

तर बैठकमा सहमति जुट्न नसकेको र सभापति शेरबहादुर देउवा अर्को कार्यक्रममा जानुपर्ने भएकाले बैठक स्थगित गरिएको एक पदाधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्