सेनाका पूर्वरथी महत झुन्डिएको अवस्थामा मृत फेला



काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बलदेवराज महत झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । उनी आफ्नै घरमा मृत फेला परेका हुन्। उनी शनिबार बिहान काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाऔ९ मण्डिखाटार स्थित घरमा मृत फेला परेका हुन् ।

उनी झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । झुन्डिएको अवस्थामा फेला परेका उनलाई त्यसलगत्तै ह्याम्स अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । त्यसपछि महतको शव पोस्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। पोस्टमार्टमपछि उनको शव परिवारले बुझेर दाहसंस्कारका लागि आर्यघाट लगिएको छ । महतले २०७६ सालमा सेनाबाट अवकाश पाएका थिए।

प्रतिक्रिया दिनुहोस्