कांग्रेसले टुंग्यायो यी ३ प्रदेशको समानुपातिक सांसद (सूचीसहित)



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ३ वटा प्रदेशसभाको समानुपातिक सांसदको टुंगो लगाएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसभाका लागि समानुपातिक सांसदको नाम टुंगो लगाएको कार्यसम्पादन समितिले जनाएको छ ।

‘गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसभाका लागि महिलाहरू मात्रै पठाउनुपर्ने थियो। आयोगमा पहिले पेश गरेको बन्दसूची अनुसारनै ती नामहरू समितिले टुंगो लगाएको समितिले जनाएको छ । लुम्बिनी, बाग्मती, मधेस प्रदेश र प्रदेश १ मा पुरूष सांसदहरू समेत सिफारिस गर्नुपर्ने भएपछि ती प्रदेशसभाका साथै केन्द्रमा पनि पुरूष सांसद सिफारिसको जिम्मेवारी सभापतिलाई दिएको समितिले जनाएको छ ।

गण्डकीमा दलित महिला तर्फ दिल माया पौबी, टीकाकुमारी बस्याल चयन भएका छन्।

जनजाति महिलातर्फ विमला गौचन र रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङलाई चयन गरिएको छ।

यस्तै, खसआर्य महिलाबाट सरस्वती अर्याल तिवारी, चम्पादेवी खड्का र कल्पना तिवारी चयन भएको रिजालले जानकारी दिए।

यता कर्णालीमा दलित महिलातर्फ लक्ष्मी सुनार चयन भएकी छन्। जनजाति महिलातर्फ बलिमाय बुढा चयन हुँदा खसआर्य महिलाबाट जानकी सिंह, विजया बुढा र इन्द्रकुमारी शाही चयन भएका हुन्।

यता, सुदूरपश्चिम प्रदेशमा दलित महिलातर्फ ललिता सुनार चयन हुँदा खसआर्यबाट मधु भारती, सरस्वती खड्का, जुना दानी, डम्बरी महरा र तुलसी देवकोटा चयन भएका छन्।

यस्तै थारूतर्फ गीताकुमारी चौधरी चयन भएकी छन्।

प्रतिक्रिया दिनुहोस्