राष्ट्रिय राजनीतिमा माओवादीलाई कसैले अवमूल्यन गर्न सक्दैन : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय राजनीतिमा माओवादीलाई कसैले अवमूल्यन गर्न नसक्ने बताएका छन् । शनिबार माओवादी निकट निजामती कर्मचारीको कार्यक्रममा उनले राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिकालाई कसैले अवमूल्यन गर्न नसक्ने बताएका हुन्।

संघीय संसदमा सोचेजस्तो सिट नआए पनि राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिका निर्णायक रहेको प्रचण्डको दावी छ ।

‘१२२ पालिका माओवादीको कन्ट्रोलमा हुने भनेको सानो कुरा होइन, प्रदेशमा हामी ७४ को हाराहारीमै छौं । तर संघमा हामीले सोचेजस्तो, अपेक्षा गरेजस्तो भएन’ उनले भने, ‘हाम्रो भूमिका खुम्चियो भन्ने होइन । राष्ट्रिय राजनीतिमा हाम्रो भमिका केन्द्रीय नै छ, त्यसलाई कसैले खोस्न सक्दैन ।’

प्रचण्डले चुनावी परिणामबाट निराश हुन नपर्ने बताए । २०६४ सालको निर्वाचनमा माओवादीले धेरै सिट जित्दा अरु पार्टी निकै सानो आकारमा पुगेको भन्दै उनले आत्मसमीक्षा गरेर मिहिनेत गर्ने हो भने पुन संगठित हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्