मधेश प्रदेशको निर्वाचन परिणाम प्रदेश प्रमुखसमक्ष पेश



काठमाडौँ । मधेश प्रदेशले प्रदेशसभातर्फको निर्वाचन मत परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गरेको छ ।

४ मंसिरमा सम्पन्न प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पेश गरिएको हो।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम निर्वाचन आयोगको तर्फबाट निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले प्रदेश प्रमुख मिश्रसमक्ष पेश गरेका हुन्।

मधेस प्रदेशसभातर्फ प्रत्यक्षबाट ६४ र समानुपातिकबाट ४३ गरी १०७ जना निर्वाचित भएका छन्। आयोगले प्रतिवेदन बुझाएपछि यस प्रदेशमा पनि नयाँ सरकार गठनको बाटो खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्