मेयर साह र राजदूत पूरीबीच भेटघाट, जनकपुरको विकास र सौन्दर्यीकरणमा चासो 



जनकपुरधाम : जनकपुरधाम उप-महानगरपालिकाका मेयर लाल किशोर साह र नेपालका लागि भारतीय राजदूत मनजीतसिंह पूरीबीच शुक्रवार बिहान शिष्टाचार भेटघाट भएको छ ।

 

जनकपुरस्थित उप-महानगरपालिका कार्यालय मेयर साहको कार्यकक्ष भएको भेटघाटमा मांसिर २६ गते विवाह पञ्चमीमा भारत उत्तर प्रदेश ( यूपि ) का मुख्यमन्त्री योगी आदित्य नाथको जनकपुरधाम भ्रमण, जनकपुरधाममा भइरहेको विकास निर्माण र निर्माण हुने स्टेडियमको विषयमा छलफल र कुराकानी भएको नगरपालिका श्रोतले जनाएको छ ।

 

राजदूर पुरीले भेटघाटको क्रममा जनकपुरको विकास र सौन्दर्यीकरणको चासो राखेको र त्यस कार्यको लागि भारत सरकार सदैव सकारात्मक रहेको पनि प्रतिवद्धता व्यक्त गरेको स्राेतले जानकारी दियाे । 

 

पुरीले राम सीताको वैवाहिक कालदेखि नै जनकपुरधाम र भारतबीचको परस्पर पौराणिक सम्बन्ध रहेकोले यहाँको बिकास, पर्यटन, शिक्षा र भौतिक पूर्वाधार निर्माणमा भारतको  सहयोग र सद्भाव रहेको विचार व्यक्त गरेका थिए ।

 

भारतीय राजदूर पूरीसहित जनकपुर पुगेको टोलीले जानकी मन्दिर महन्थ लगायत अन्य विशेष व्यक्तिसँग भेटघाटको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्