मेगा बैंकको कामु सीईओमा पोखरेल



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा तुल्सीराम पोखरेल नियुक्त भएका छन् । शुक्रबारदेखि लागू हुने गरी बैंक सञ्चालक समितिले पोखरेललाई कामु सीईओमा नियुक्त गरेको हो ।

२७ वर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा कार्यरत पोखरेल मेगा बैंकको स्थापना गर्दाको १४ जना संस्थापकमध्ये एक हुन् । बैंक सञ्चालनमा आउनुभन्दा अघि नै १ वैशाख २०६७ देखि पूर्वसञ्चालन अवस्थाको कार्यकारी प्रमुख बनेर प्रस्तावित बैंकको दर्ता, लाइसेन्स लिने तथा बैंकका लागि आवश्यक पूर्वाधार तयार पार्ने कामको नेतृत्व गर्दै मेगा बैंकमा सेवा प्रारम्भ गरेका थिए ।

पोखरेल मेगा बैंकको सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, वरिष्ठ नायब महाप्रबन्धक हुँदै कामु सीईओ बनेका हुन् । उनले बैंकको स्थापनाकालदेखि नै बैंकको उच्च व्यवस्थापनमा रही विभिन्न विभागहरूको विभागीय जिम्मेवारी बहन गर्नुका साथै कम्पनी सचिवको रूपमा समेत काम गरेका थिए ।

नवदुर्गा फाइनान्सको सहायक प्रबन्धकको रूपमा करिब ३ दशक अघि बैंकिङ करिअर सुरु गरेर नायब प्रमुख कार्यकारी अधिकृत बन्नेका पोखरेल मेगा बैंकमा आबद्ध हुनुअघि फ्रुडेन्सियल फाइनान्स कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत थिए ।

प्रतिक्रिया दिनुहोस्