आरएमसी फुड्स र नेपाल साहित्य महोत्सवबीच साझेदारी



काठमाडौं । बुकवर्म फाउन्डेसनको आयोजनामा वार्षिक रूपमा हुँदै आएको नेपाल साहित्य महोत्सवले आफ्नो दसौं संस्करणका लागि आरएमसी फुड्ससँग साझेदारी गरेको छ ।
राष्ट्रलाई समृद्धिशाली बनाउन आर्थिक पाटोसँगै शिक्षा, कला र साहित्यको प्रवद्र्धन र जगेर्ना पनि उत्तिकै महत्वपूर्ण रहेको यथार्थलाई आत्मसात गर्दै आरएमसीले नेपाल साहित्य महोत्सवसँग सहकार्य गर्ने निर्णय लिएको कम्पनीले बताएको छ ।

रमणीय शहर पोखराको बाराहीघाटमा ६ पुुदेखि ११ सम्म आयोजना भएको उक्त फेस्टिभलमा साहित्य, कला, समाज, संस्कृति, काव्य, सङ्गीत र सौन्दर्यका यावत् विषयबारे सेसन चलाइएको थियो ।

दक्षिण एसियाका चर्चित लेखक र अन्य लोकप्रिय व्यक्तित्वहरू समेत सहभागी भएको फेस्टिभलमा आरएमसी फुड्स अन्तर्गत सञ्चालित ब्रान्ड न्युट्रीप्लसद्वारा प्रायोजित ‘कलनेरी पेनल छलफलमा ‘टिमुरदेखि ऐलासम्म’ शीर्षकमा सेसन पनि चलाइएको थियो ।

उक्त सेसन सन् २०२० को बिबीसी मास्टरसेफका फाइनलिस्ट तथा न्यूट्रीप्लस फुड्सका ब्रान्ड एम्बेसेडरसमेत रहेका सन्तोष साह र टिमुर किताबका लेखक डा. प्रशान्त खनालले अन्तर्राष्ट्रिय बजारमा नेपाली खानाको सम्भावना र चुनौतीजस्ता विषयबारे छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्