टाटाको मेगा सर्भिस क्याम्पको सुरु



काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले सोमबारदेखि आफ्ना १२ वटा ग्राहक सेवा केन्द्रहरूमा मेगा सर्भिस क्याम्पको सुरुआत गरेको छ । यी केन्द्रहरूमध्ये ३ वटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टी मोडमा अवस्थित छन् । त्यसैगरी बाँकी ९ वटा उपत्यका बाहिरका स्थानमा छन् । पोखरा, इटहरी, मेची, वीरगन्ज, ढल्केबर, हेटौँडा, सौराहा, धनगढी, र नेपालगन्जमा छन् ।

यस क्याम्पको उद्घाटन ललितपुरस्थित बागडोलमा आयोजित एक समारोहबीच टाटा अन्तर्गतको इन्टरनेसनल बिजनेसका (पेसेन्जर भेहिकल ) प्रमुख मायांक बल्दी, सिप्रदी ट्रेडिङगका सीईओ राजन बाबु श्रेष्ठ, टाटाका कन्ट्री मेनेजर (नेपाल एवं भुटान ) अजीत नारायण सिंह, सिप्रदीका सीओओ राजेशप्रसाद गिरी र सिप्रदीका उपाध्यक्ष सौरभराज थपलियाले संयुक्त रूपमा गरे । ३ दिने क्याम्पमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरूको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिदैँछ ।

यस्तो जाँच गराउँदा गाडीधनीहरूले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरू प्राप्त गर्नेछन् । म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुट लगायत टप वाशिङग मेसिन, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक–अप, ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि निः शुल्क प्रदान गरिदैँछ । यसको अतिरिक्त यस क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार रूपैया नगद फिर्ताको पनि व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्