आज फेरि बढ्यो सुनको मूल्य



काठमाडौं । सुनको मूल्य आज फेरि बढेको छ । सुनको मूल्य आज तोलामा १ लाख ७ सय रुपैयाँमा पुगेको छ । आजको मूल्य सोमबारको भन्दा तोलामा २ सय रुपैयाँले धेरै हो । सोमबार हिजो सुनको मूल्य तोलामा १ लाख ५ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य भने आज पनि स्थिर छ । २ दिनयता चाँदीको मूल्य घटबढ भएको छैन । चाँदी तोलामा आज पनि १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्