कुमारी र एनसीसी बैंक मर्ज भएसँगै आइतबारदेखि एकीकृत कारोबार हुने



काठमाडौं । कुमारी बैंक र एनसीसी बैंक मर्जरमा गएपछि आइतबारदेखि एकीकृत कारोबार हुने भएको छ । दुवै बैंक मर्जरपछि राखिएको नाम कुमारी बैंक लिमिटेडको नाममा एकीकृत कारोबार हुने भएको हो । यसका लागि राष्ट्र बैंकबाट स्वीकृत पाइसकेको कुमारी बैंकले जनाएको छ ।

मर्जरपछि बैंक हालका एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल सीईओ रहनेछन् भने मर्जरअघिका कुमारीका सीईओ रामचन्द्र खनाल डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन् ।

मर्जरपछि बैंकको नाम कुमारी बैंक रहनेछ भने चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ । बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड रुपैयाँ र कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्