सिद्धार्थ बैंकको नयाँ भवनको उद्घाटन



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका २०औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंको नक्सालमा नवनिर्मित केन्द्रीय कार्यालयको उद्घाटन भएको छ । भवनको उद्घाटन बैंकका संस्थापक अध्यक्ष चिरञ्जीवीलाल अग्रवाल र वर्तमान अध्यक्ष मनोजकुमार केडियाले गरे ।

बैंकले १५ वर्ष वा सोभन्दा बढी काम गरेका कमचारीलाई सम्मानसमेत गरेको छ । बैंकका १९३ वटा शाखा (४ एक्स्टेन्सन काउन्टरसहित), २१५ एटीएम, ११८ शाखारहित बैंकिङ सेवा र १८ हजारभन्दा बढी पीओएस मेसिन सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्