‘स्मिरनफ भोड्का’ नेपालमै उत्पादन



काठमाडौं । नेपाल लिकर्स प्रालिद्वारा विराटनगरमा ‘स्मिरनफ भोड्का’ नेपालमै उत्पादन हुने भएको छ । भोड्कालाई ३ पटक डिस्टिल र १० पटक फिल्टर गरिने र ब्रान्ड एम्बासडरको रूपमा सुरजसिंह ठकुरी रहेको कम्पनीका अध्यक्ष राजेशवीर सिंह तुलाधरले जानकारी दिएका छन् ।

कम्पनीले एन्टिक्विटी ब्लु ह्विस्की, सिग्नेचर प्रिमियर रेयर ह्विस्की, मिस्टर डोबेल नम्बर १ लक्जरी ह्विस्की, ब्लु रिब्यान्ड जिन आदि पेय पदार्थ उपलब्ध गराउँदै आएको छ । विश्वका करिब १३० भन्दा बढी देशमा बिक्री हुने भोड्का नेपालमा ७५०, ३७५, र १८० मिलिमा क्रमशः २ हजार २००, १ हजार १०० र ५५० रूपैयाँमा उपलब्ध रहको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्