आज सुनको मूल्य प्रतितोला १ लाख ११ सय रुपैयाँ पुग्यो



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँले तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ सय  रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सयले रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ सय ५ रुपैया पुगेको छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ८ सय ११ दशमलव ६ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्