हाइसको ठक्करबाट पैदल यात्रुको मृत्यु



जनकपुरधाम : धनुषाको लालगढमा हाइसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । 

 

पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको बा ४ ख ४१९० नम्बरको हाइसको ठक्करबाट ६८ वर्षीया महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक दिपक साहले बताए । मृतकको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्