मधेस प्रदेशमा संसदीय दलको नेता छान्न जसपाले बनायो समिति



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्न समिति गठन गरेको छ। जसपाले संसदीय दलको नेता चयन गर्न लालकिशोर साहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

समितिमा दिनेश यादव र रविन्द्र गिरी सदस्य छन्। मधेस प्रदेशमा जसपाका प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ७ गरी १६ जना सांसद छन् । संसदीय दलको नेतामा हालका मुख्यमन्त्री लालबाबु राउतलगायत नेताहरूले दाबी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्