कस्मेटिक पसलमा अागलागी : लाखाैंकाे क्षति



सिरहा : सिरहाको गोलबजार नगरपालिका ६ स्थित कस्मेटी पसलमा आगलागी भएकाे छ । स्थानीय राजेश महतोको पसलमा अागलागी हुँदा लाखाैंको क्षति भएको छ । आगलागीबाट पसलभित्र रहेका सम्पूर्ण समान जलेर खरानी भएकाे इलाका प्रहरी कार्यालय गोलबजारले बताएको छ । 

 

विद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । पीडितले दिएको जानकारीअनुसार आठ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार आगलागी हुँदा पसलमा कोही थिएन् । आगलागी सुरु भएपछि स्थानीयले नै पसलका प्रोपराइटर राजेश महतोलाई खबर गरेका थिए । 

 

आगलगाी भएलगत्तै तत्काल घटनास्थलमा पुगेर प्रहरीले आगो निभाएकोे इलाका प्रहरी कार्यालय गोलबजारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्