दलाई लामाको आरोप : चीनले बौद्ध धर्म समाप्त पार्न खोज्यो



काठमाडौं । बौद्ध धर्मगुरु दलाई लामाले चीनले बौद्ध धर्म समाप्त गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । तर, चीन यसमा सफल नहुने उनले बताए ।

भारतको बिहारस्थित बोधगयाको कालचक्र मैदानमा आयोजित एक कार्यक्रममा शनिबार लामाले सम्बोधन गरेका थिए । सो क्रममा उनले चीनले बौद्ध धर्मलाई जहर मान्ने गरेको आरोप लगाए ।

उनले बौद्ध धर्म समाप्त पार्नका लागि चीनले विशेष अभियान चलाइरहेको आरोप पनि लगाए । दलाई लामाले चीनको अभियानका बाबजुद पनि बौद्ध धर्मावलम्बीहरूमा कमी नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्