फुटबलमा जस्तै राजनीतिमा पनि रेडकार्ड पाइन्छ : ओली



काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटबलमा जस्तो राजनीतिमा पनि रेककार्ड पाइने बताएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवसमा उनले फउल खेल्यो भने खेलकुदमा जस्तै राजनीतिमा पनि आउट हुने जोखिम हुने बताए।

‘दैनिक जीवनमा व्यवहारिक जीवनमा, लेनदेन कारोबारमा केहीमा पनि फउल खेल्न हुँदैन, राजनीतिमा पनि फल खेल्नु हुुँदैन’ उनले भने, ‘फउल खेल्यो भने एल्लो कार्ड, कहिले कहिले त रेड कार्ड नै पाउँछ।’

ओलीले राम्रो खेलाडीले कहिल्यै फउल नखेल्ने बताए। राम्रो खेलाडीले गोल गर्छ, पोस्टमा हान्छ नराम्रो खेलाडीले अरुको खुट्टामा हान्छ। खुट्टामा हान्ने सफल हुँदैन, पोस्टमा हन्ने सफल हुन्छ’ उनले भने।

प्रतिक्रिया दिनुहोस्