लुम्बिनीमा एमालेको दलको नेता लिला गिरि



काठमाडौँ । नेकपा एमाले लुम्बिनीको दलको नेतामा लिला गिरि चयन भएका छन्।

आज बसेको संसदीय दलको बैठकले पोलिटब्यूरो सदस्य लिला गिरिलाई दलको नेता चुनेको एमाले जनाएकाे छ ।

उनी रूपन्देही २ ‘क’ का सांसद हुन्। गिरि शंकर पोखरल नेतृत्वको सरकारमा साढे ३ वर्ष मन्त्री थिए। दलको उपनेतामा चेत नारायण आचार्य चयन भएका छन्। उनी अर्घाखाँची ‘ख का सांसद हुन्।

महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्माको उपस्थितिमा बैठक बसेको थियो।

प्रतिक्रिया दिनुहोस्