आजको मौसम : पहाडी भू-भागमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना



काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेकाले आज प्रदेश १ को पहाडी भू-भागमा हल्का वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यस्तै, प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपात हुनेछ।

विभागका अनुसार तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो लाग्नाले चिसो बढ्ने र जनजीवन प्रभावित हुनेछ। चिसो क्रमिक रुपले बढ्दैगएकाले त्यसबाट बच्न विशेष सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ। आज सोमबार प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली र अन्य ठाउँमा सामान्यतः मौसम सफा रहने छ।

सोहीअनुसार भोलि मंगलबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। विभागका अनुसार प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा हिमपात हुनेछ। सोहीअनुसार पुस २० गते बुधबार प्रदेश १, कर्णाली प्रदेशमा आंशिक बदली रहने विभागले जनाएको छ।

हिमाली भेग, उच्च पहाडी क्षेत्रमा हिमपात हुने र तराईमा बाक्लो कुहिरो हुस्सु लाग्ने भएपछि एक सातासम्म चिसो बढ्ने विभागले जनाएको छ । चिसोका कारण विभिन्न समस्या आउनसक्ने भन्दै त्यसबाट जोगिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्