सरकारमा सहभागी हुने जसपाको निर्णय



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ।

मंगलबार सकिएको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजानेबारे मत बाँझिएको थियो। बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरु समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको छ।

नभए प्रचण्ड नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने उसको निर्णय छ। बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको छ।

प्रतिक्रिया दिनुहोस्