माओवादीसँग पार्टी एकताबारे छलफल गर्न नेसपाको बैठक २४ पुसमा



काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको एजेण्डाबारे छलफल २४ पुसमा बैठक बोलाएको छ ।

नेसपाले २४ पुसमा राजनीतिक समिति बैठक डाकेको छ। त्यसका विभिन्न एजेन्डामध्ये एउटा एजेण्डा माओवादीसँगको एकता विषय रहेको नेसपाका एक नेताले बताए ।

‘चुनावपछिको अवस्थाबारे विभिन्न एजेण्डाहरुमा छलफल गर्दैछौं, त्यसमध्ये माओवादी केन्द्रसँग पार्टी एकताको एजेन्डा पनि एउटा हो,’ उक्त नेताले भने

गत चुनावमा नेसपाका उम्मेदवारहरु माओवादीकै चुनाव चिह्न लिएर लडेका थिए। प्रतिनिधिसभातर्फ नेसपाका महिन्द्र राय यादवले माओवादीको साथ लिएर जितेका थिए।माओवादीकै साथमा नेसपाका केही सांसदले प्रदेशसभामा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्