टी-२० लिगमा म्याच फिक्सिङको आशंकामा २ जना पक्राउ



काठमाडौँ । नेपाल टी-२० लिगमा म्याच फिक्सिङको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २ जनालाई पक्राउ गरेको छ । म्याच फिक्सिङबारे अनुसन्धान थालेको प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

मंगलबार म्याच फिक्सिङमा संलग्न रहेको आशंकामा सीआईबीले २ जनालाई नियन्त्रणमा लिएर सोधपुछपछि कागजात गराएर छाडेको हो।

तर ती पक्राउ परेको व्यक्तिबारे भने सीआईबीले केही बताएको छैन । सीआईबीले केही दिन अघिबाटै म्याच फिक्सिङको आशंकामा छानबिन थालेको थियो। सीआईबीले अनुसन्धान गरिरहेकै अवस्थामा मंगलबार घटना सार्वजनिक भएको हो।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका खेलाडीलाई पनि म्याच फिक्सिङको प्रस्ताव आएको सार्वजनिक गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्