औपचारिक प्रस्ताव आए सरकारलाई समर्थन हुन्छ : माधव नेपाल



काठमाडौँ । नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधव कुमार नेपालले सरकारले औपचारिक रूपमा प्रस्ताव गरे समर्थन गर्ने बताएको छ । मंगलबार बसेको पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले औपचारिक रूपमा प्रस्ताव आए सरकारलाई समर्थन गर्ने बताए।

यद्यपि बैठकले यसबारेको जिम्मेवारी सचिवालयलाई दिएको छ। बैठकमा सहभागी एक नेताले आफूहरूले सरकारलाई समर्थन गर्ने तयारी गरेको बताए।

‘बार्गेनिङ केही कुरामा होला। तर सरकारलाई समर्थन दिने हाम्रो तयारी नै छ ।’ ती नेताले भने, ‘सरकारले नै समर्थन मागेन भने त के लाग्यो र तर समर्थन मागे हामी दिन्छौं।’

प्रतिक्रिया दिनुहोस्