प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभाको अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच प्रधनामन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । मंलबार साँझ भएको भेटमा राष्ट्रयसभामा रिक्त रहेको पदको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रियसभामा रिक्त उपाध्यक्ष पद र रिक्त १ संसदको चुनाव साथै कोरला नाकामा भन्सारको लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरि पूर्वाधार निर्माण गर्ने राष्ट्रिय सभाबाट पारित ५ वटा विधेयक सम्बन्धि छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्