सडक स्तरोन्नति नगरेको भन्दै चक्का जाम



जनकपुरधाम : जनकपुर उप–महानगरपालिकाले समयमै सडक स्तरोन्नति नगरेको भन्दै जनकपुरका स्थानीय युवाले एक चक्का जाम गरेका छन् ।

मंसिर ५ गते देखी विद्यापति स्मृति पर्व मनाउन लागिएकाले पटक पटक सडक मर्मत गर्न नगरपालिकालाई आग्रह गर्दा पनि काम नभएपछि बाध्य भएर सडक अवरुद्ध पार्नुपरेको युवाको भनाई छ ।  

 

अपरान्ह चार बजे देखि पाँच बजेसम्म चक्का गरिएको हो । सडक खुलाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । सो क्रममा केही समय प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको थियो । 

 

उपमहानगरपालिकाका मेयरले विद्यापति स्मृति पर्व अगाडि नै सडक बनाउने प्रतिबद्धता जनाए पनि सो अनुसार काम नभएको स्थानीय युवाको आरोप छ ।

 

एक घण्टा सडक अवरुद्ध हुँदा सो बाटो आवतजावत गर्ने सर्व साधारणलाई समस्या भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्