के विश्वव्यापी मन्दी सङ्घारमै छ ?



  • समीर रेग्मी

काठमाडौं । कुनै पनि देशको अर्थतन्त्र २ त्रैमासिकसम्म नबढेको अवस्थालाई मन्दी भनिन्छ । यस अर्थमा विश्वका धेरै अर्थतन्त्रहरूको आर्थिक वृद्धि २ त्रैमासिकसम्म लगातार नबढेमा वा ऋणात्मक वृद्धि दर भएमा त्यसलाई विश्वव्यापी मन्दीको रूपमा लिन सकिन्छ ।

अर्थतन्त्रमा सङ्कुचन आउन अर्थतन्त्रका विभिन्न क्षेत्रहरू धरासायी हुन्छन् र यसले समग्र अर्थतन्त्रलाई सङ्कुचनको अवस्थामा ल्याउँछ । हाल अर्थतन्त्रका आधारहरू सबै पानीरूपी फोका फुट्ने अवस्थामा पुगेका छन् । विश्वव्यापी अर्थतन्त्र आगामी वर्ष व्यापक रूपमा मन्दीमा जाने भनी विज्ञ र ठूला अर्थशास्त्रीहरूले लगाएको अनुमानलाई अपरिपक्व मान्न सकिन्छ । कठिन समय निश्चित रूपमा आउन लागेको दखिन्छ ।

विश्वका प्रमुख अर्थशास्त्रीहरूले सन् २०२२ को धेरैजसो समय यदि विश्वव्यापी अर्थतन्त्र पहिले नै मन्दीको अवस्थामा नगएको भए पनि यो मन्दीमा जान सक्छ भन्ने विषयमा आफूलाई आश्वस्त पार्नमा नै बिताए । तर, वर्षान्तमा विश्वव्यापी मन्दी सन् २०२३ का लागि सारियो । उत्पादन, सेवा र वित्त सबैका आधारमा विश्वलाई आधार र वितरण दिन सक्ने अर्थतन्त्रलाई विश्वका प्रमुख र ठूला अर्थतन्त्रका रूपमा लिन सकिन्छ । यी सबै विषयवस्तुका आधारमा मात्र नभएर कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकार ठूला भएका अर्थतन्त्रहरूलाई पनि प्रमुख अर्थतन्त्रको रूपमा लिन सकिन्छ ।

अमेरिका, चीन, जापान, जर्मनी, बेलायत, भारत, फ्रान्स, दक्षिण कोरिया, क्यानाडा, रुसलगायतका अर्थतन्त्रहरूको उत्पादन, व्यापार, वित्त, सेवा, जीडीपी सबै ठूलो अकारको भएकाले यी अर्थतन्त्रहरूलाई विश्वको प्रमुख अर्थतन्त्रका रूपमा लिन सकिन्छ । त्यसैले यी देशहरूको आर्थिक सूचकमा देखिने गडबडीले विश्वका अन्य अर्थतन्त्रहरू पनि धरमरको अवस्थामा पुग्न सक्छन् ।

वर्षको सुरु अर्धवार्षिक अवधिमा अमेरिका मन्दीमा गएको प्रतिवेदनलाई अपरिपक्व नै मान्न सकिन्छ । अमेरिकी श्रम बजार कतिको कसिलो छ भन्ने विषयलाई आधार मानेर अमेरिका मन्दीमा गएको प्रतिवेदन अपरिपक्व हो । कतिपयले अझै पनि अर्थतन्त्र ओरालो लाग्न सक्ने अकाट्य दावी गरिए बाबजुद अमेरिकी अर्थतन्त्रमा मन्दी आउन नसक्ने बताइँदै आएको छ।

आगामी वर्षमा पनि अमेरिकामा मन्दी आउने सम्भावना १०० प्रतिशत तल छ । तर, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ अन्य देशका केन्द्रीय बैंकहरूले तीव्र दरमा व्याज दर वृद्धि गर्न सक्ने चिन्ताबीच सन् २०२३ मा मन्दीको सम्भावना ५० प्रतिशत छ र आगामी २ वर्षको कुनै अवधिमा विश्वव्यापी मन्दी आउन सक्ने सम्भावना ७५ प्रतिशत छ ।

एस एन्ड पी ग्लोबल यूएस म्यानुफ्याक्चरिङ पीएमआई सन् २०२२ को डिसेम्बरमा ४६ दशमलव २ मा ओर्लेको थियो । यो नोभेम्बरको ४७ दशमलव ७ को तुलनामा कम हो । ५० अङ्कसम्मको अवस्थालाई उत्पादन गतिविधिमा सङ्कुचन आएको र योभन्दा माथिको अङ्कलाई विस्तार भएको मानिन्छ । यस अर्थमा म्यानुफ्याक्चरिङ सूचकले अमेरिकालाई मन्दीमा जानका लागि केही टेवा दिन सक्छ ।

नयाँ अर्डर २००८-००९ को वित्तीय सङ्कटयताकै तीव्र दरमा घटेको छ । उत्पादनको पर्याप्त मौज्दात र नयाँ अर्डरमा आएको थप गिरावटले साढे २ वर्षको अवधिमा किनमेलको गतिविधिमा तीव्र सङ्कुचन आएको छ । यसलाई पनि मन्दीको अर्को सङ्केतका रूपमा हेर्न सकिन्छ ।

अपूर्ण कामको न्यून तह र मागमा आएको शून्यताले बेरोजगारीमा कुनै परिवर्तन गरेको छैन । मूल्यतर्फ हेर्दा आपूर्तिकर्ताको सामान पु¥याउने समयमा आएको सुधार र इन्धनको कम मूल्यले भने २०२० जुलाईदेखि लागत बोझमा भने मन्द मात्र वृद्धि भएको छ । अन्त्यमा ३ महिनाको अवधिमा व्यवासयीक विश्वसनीयता भने उच्च तहमा पुगेको छ । विश्वव्यापी मन्दीमा थप मलजलको काम गर्न रुस-युक्रेन युद्ध पनि कारक भएको छ । यसले रुसी इन्धनको आपूर्ति कम हुँदा युरोपमा इन्धनको मूल्य बढेको छ । युरोप बढ्दो ऊर्जा मूल्यका कारण नराम्ररी प्रभावित भएको छ । यसले युरोपलाई मन्दीतर्फ धकेल्ने सम्भावना देखिएको छ ।

चीनको अवस्था पनि खराब नै देखिएको छ । यसको समस्या पनि युरोपकै जस्तो देखिएको छ । चीनको सम्पत्ति बजार पनि धरासायी भएको छ । कोभिड-१९ को सङ्क्रमण पनि वृद्धि भएको छ । यसले पर्याप्त खोप कार्यक्रमबिना अर्थतन्त्रलाई पुनः सुचारु बनाउने चीन सरकारको हालैको निर्णयमा चिन्ता थपेको छ । चीन सरकारले विगत ४ दशकको अवधिमा जुन आर्थिक वृद्धि हासिल गरेको थियो, त्यसको तुलनामा चीनको आगामी वर्षको वृद्धि अत्यन्त मन्द हुने अपेक्षा गरिएको छ ।

तर पनि लगातारको २ त्रैमासिक अवधिमा चीनको जीडीपी सङ्कुचनमा आउने सम्भावना देखिँदैन । सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटको उचाइको समयमा चिनियाँ जीडीपीमा देखिएको ८ प्रतिशत विन्दुको गिरावट घरेलु उत्पादन सङ्कुचनमा जानका लागि वास्तविक अर्थमा पर्याप्त थिएन । यो पनि जीडीपीको लगातार २ त्रैमाससम्मको ऋणात्मक वृद्धि अर्थात् मन्दीको परिभाषाको त्रुटि हो ।

यो भन्दा पनि धेरै देशहरूको हालको आर्थिक चिन्ता स्वरूपमा लादिएको हो । नीति त्रुटिप्रतिको चिन्ता पनि अनुमान गर्न सकिने किसिमका भएकाले त्यो पनि हानिकारक नै छ । सन् २०११ देखि सन् २०२१ को बीचमा युरोप अनावश्यक रूपमा रुसी प्राकृतिक ग्यासमाथिको निर्भरतमा रह्यो । यसले जब क्रेमलिनले युक्रेनमाथि युद्धको सुरुआत ग¥यो, युरोपको अवस्था अत्यधिक रूपमा दयनीय बन्यो ।

यसैगरी चीनको क्रूर शून्य कोभिड नीति ठूलो आर्थिक क्षतिको कारण बन्यो । महामारीको प्रतिबन्ध कसरी खुकुलो बनाउने भन्ने योजनाको अभावमा कोभिडप्रतिको शून्य सहनशीलताको नीतिले चीनको आर्थिक क्षय ठूलै मात्रामा भयो । चीनको नियन्त्रण गर्ने नीतिले कोभिडबाट मृत्यु हुनेको सङ्ख्यामा मात्र कमी आयो । अमेरिकाले पनि आफ्नातर्फबाट धेरै गल्तीहरू गरेको छ । उसले उदार अन्तर्राष्ट्रिय अवस्थाको नेतृत्व जानीजानी त्याग्यो र विश्व व्यापार सङ्गठन र व्यापारका संरचनाहरूलाई बेवास्ता गर्‍यो, जसलाई यसका सदस्य राष्ट्रहरूले वर्षौंसम्म छलफल र मोलमोलाई गर्दै मान्दै आएका थिए ।

अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वबाट अमेरिकामा आयात हुँदै आएका सामग्रीमा लगाएको शुल्क गलत थियो । यसलाई उल्टाउन जो बाइडेनले पनि थोरै मात्र काम गरेका छन् । उनको अमेरिकी सामान किनौँ भन्ने प्रावधानले पनि मुद्रास्फीति बढाएको छ । मुद्रास्फीति कटौतीको कानुनले विश्व व्यापार सङ्गठनको नियमको उल्लङ्घन गरेको छ । उच्च ब्याज दरको अपेक्षाविपरीत असरलाई अझै प्रमाणको रूपमा हेरिएको छैन । त्यसैले सबै क्षेत्रमा पानीको फोकाका रूपमा देखापरेका सबै फोकाहरू अन्त्यमा फुट्ने अवस्था पुग्ने सङ्केत देखिएका छन् । अमेरिकी कम्पनीहरूको शेयर मूल्य सन् २०२२ को जनवरीमा उच्च विन्दुमा पुगेको थियो र त्यसयता ओरालो लाग्ने क्रममा देखिएका छन् । ऋणपत्र, घर जग्गाको कारोबार र उदीयमान बजारका सम्पत्तिहरू यस वर्षभर ओरालो लागेका छन् ।

वित्तीय बजारमा आधिपत्य कायम गरेका सम्पत्तिका फोकाहरू फुट्न सक्ने सम्भावना ९० प्रतिशत रहेको तर्क २०२१ जुलाईमा गरिएको थियो । गत वर्षको यसै समयमा वास्तविक र न्यूनतम व्याज दर शून्य र ऋणात्मक नै भए पनि ऐतिहासिक रूपमा उच्च मूल्याङ्कनसँग सम्बन्धित लाभांश, आम्दानी तथा आम्दानी बजारहरू स्पष्ट रूपमा सूचकहरू बनेका थिए ।
न्यून छुट दरको अर्थ कुनै पनि सम्पत्तिको मूल्यको तह भावी आम्दानीलाई हालको छुटको मूल्यको रूपमा लिन सकिन्छ ।

यो वर्षमा ४ किसिमका सम्पत्तिहरूमा समस्या देखिन सक्छ । यी सबै पानीमा देखिएका फोका जस्तै जुनसुकै बेला फुट्न सक्छन् । मेमे स्टकहरू जस्तै : गेमस्टप, क्रिप्टो करेन्सी, एनएफटी र विशेष प्रयोजनका सम्पत्ति प्राप्तिका कम्पनीहरू । सबै नवीनतम हुन् । यिनीहरू राम्रो अवस्थामा नभएकाले वर्षको अन्त्यसम्ममा सबै धरासायी हुन सक्छन् ।

सबै विश्वस्त लगानीकर्ताहरूले यो गिरावटलाई अवसरको रूपमा लिन सक्छन् र खरिद गरेर होल्ड गर्न सक्छन् ? शेयरको मूल्य ३ वर्ष अगाडिको अवस्थामा अझै पनि फर्किसकेको छैन । महामारीको पूर्वसन्ध्यामा शेयर मूल्य अझै ओरालो लाग्छ भनी गरिएको तर्क तार्किक थियो र यो आर्थिक अधारकै लाइनमा थियो । क्रिप्टो करेन्सीको विषयमा पनि यस्तै बोल्न सकिन्छ, जसको पनि कुनै आधारभूत मूल्य नै छैन ।

आगामी वर्ष विश्वव्यापी अर्थतन्त्रका लागि नराम्रो वर्षको रूपमा रहन्छ र आगामी सुस्त गतिको वृद्धिलाई मन्दीको रूपमा योग्य मान्न सकिँदैन । दोस्रो विश्व युद्धपछि विश्वव्यापी वृद्धि कुनै पनि एक त्रैमासमा पनि शून्य तल बिरलै गएको थियो । तर, तेलका कारण सन् १९७४ र सन् १९८१ मा देखापरेको ओरालोलाई विश्वव्यापी मन्दीको रूपमा मान्न सकिँदैन । स्पष्ट मन्दीको समयमा पनि विकसित अर्थतन्त्रहरूमा देखिएको ऋणात्मक वृद्धिलाई उदीयमान र विकाशशील अर्थतन्त्रको वृद्धिले उछिनेको थियो ।

सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कट र सन् २०२० को कोभिड- १९ को सङ्कटको समयलाई इङ्गित गर्न सकिने अपवादको रूपमा लिन सकिन्छ । ओईसीडी र आईएमएफले विश्वव्यापी वृद्धि सन् २०२१ को ६ दशमलव १ प्रतिशतबाट घटेर सन् २०२३ मा २ दशमलव २ देखि २ दशमलव ७ प्रतिशत हुने अनुमान लगाएको छ । यसले पनि विश्वव्यापी अर्थतन्त्र मन्दीको परिभाषाअनुसार लगातार २ त्रैमाससम्म सङ्कुचन हुने देखिँदैन । यदि हामीले विश्वव्यापी मन्दीको परिभाषाको कम कडा खालको नीति आत्मसात् गरे पनि २ दशमलव ५ प्रतिशतमुनिको जीडीपी वृद्धि सन् २०२३ मा विश्वव्यापी मन्दी मुस्किलले अकाट्य निष्कर्ष हो । यो सम्भव छ ? अवश्य पनि । यो पूर्ण रूपमा अकाट्य छ ।

प्रतिक्रिया दिनुहोस्