धनुषामा भेटियो भारतीय महिलाको शव



जनकपुरधाम। धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर–१ स्थित स्थानीय मनोज यादवको खेतमा एक भारतीय नागरिकको शव फेला भेटिएको धनुषा प्रहरीले जनाएको छ ।

करिब ५५ वर्षीया महिलाको सनाखत हुन सकेको छैन । मृतक महिलाको झोलामा कागजको टुक्रामा भारतीय नम्बर फेला परेको छ ।

सो नम्बरमा फोन गर्दा भारतको मुज्जफरपुर बस्ने महिला रहेको बुझिएको धनुषाका प्रहरीले जनाएको छ । उक्त घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्