सुदूरपश्चिममा कांग्रेसको दल नेता कमलबहादुर शाह



काठमाडौँ। । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् । कैलाली निर्वाचन क्षेत्र–२ को प्रदेशसभा १ बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएको कांग्रेस सुदूरपश्चिम कार्य समितिले जनएको छ ।

दलको नेतामा आकांक्षी रहेका आफूसहितका अन्यले शाहलाई समर्थन गरेपछि उनी सर्वसम्मत चयन भएको हो ।

कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकांक्षा राखेका थिए।

शाह महासमिति सदस्य समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशको समर्थनमा दलको नेता बनेका हुन्।

मंगलबार बसेको प्रदेश पदाधिकारीको बैठकले दलको नेतामा आकांक्षीहरुलाई सर्वसम्मत चयन गर्न सुझाव दिएको थियो तर सहमति नजुटेपछि प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो ।

उक्त समितिले दिउँसो साढे २ बजेसम्म उम्मेदवार मनोनयनको समय तोकेको थियो तर नेताहरुबीच मनोनयन दर्ता गर्ने समय सकिँदै गर्दा सर्वसम्मत नेता चयन गर्ने सहमति भएको हो ।

निर्वाचन समितिका संयोजक लोकराज अवस्थीले दलको नेताका लागि शाहले मात्र मनोनयन दर्ता गराएको बताउँदै उनलाई सर्वसम्मत घोषणा गरिने बताए।

प्रतिक्रिया दिनुहोस्