गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन : प्रवक्ता महत



काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन टुट्नुमा कांग्रेस दोषी नभएको बताएका छन् । उनले आज पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिन कांग्रेसले कोसिस गरे पनि सफल नभएको महतले बताएका छन्।

केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै आज प्रवक्ता महतले गठबन्धन छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएको बताए।

‘प्रचण्डले गठबन्धन छाडेर जानुभयो जुन निर्वाचन दौरान गरिएका प्रतिबद्धताविपरीत थियो,’ महतले भने, ‘किन प्रचण्डले गठबन्धनलाई टुट्न दिनुभयो भन्नेबारे विश्लेषण हुँदै जालान्। तर गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन।’

प्रतिक्रिया दिनुहोस्