स्वास्थ्य मन्त्रीले गरे प्रसूति गृहको शिलान्यास



जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जनकपुर अञ्चल अस्पताल परिसरमा निर्माण हुन लागेको प्रसूति गृहको शिलान्यास गरेका छन् ।

अमेरिकी सरकारको सहयोगमा आठ करोडको लागतमा निर्माण हुन लागेको प्रसूति गृहको शिलान्यास गर्दै मन्त्री यादवले जनकपुर अञ्चल अस्पताललाई स्तरोन्नति गर्नुका साथै विभिन्न विशेषज्ञ सेवा सञ्चालनको प्रयास समेत भइरहेको जानकारी दिए । उनले जनकपुरमा प्रादेशिक स्तरको आयुर्वेद अस्पताल खोल्न पहल भइरहेको समेत बताए ।  

कार्यक्रममा जनकपुर अञ्चल अस्पतालका मेसु रामपरिक्षण यादवले एक सय शैयाको प्रसूति गृहमा उच्च स्तरको सेवा प्रदान गरिने बताए । भवन सहित अन्य उपकरण र सुविधाको लागि अमेरिकी सरकारले एक अर्ब रुपैयाँ अनुदान उपलब्ध गराएको बताइएको छ । 

शिलान्यास कार्यक्रममा प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्त्री नवलकिशोर साह, कृषि राज्यमन्त्री योगेन्द्र राय यादव लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्