विश्वव्यापी खुला गजल प्रतियोगिता हुने



काठमाडौं । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले विश्वव्यापी खुला गजल प्रतियोगिताको आयोजना गर्ने भएको छ। सोका लागि गजलकारहरूलाई सहभागिताका लागि अनुरोधसमेत गरेको छ।

प्रतियोगितामा प्रेषित गजल नेपाली भाषा र देवनागरी लिपिमा लेखिएको हुनुपर्ने, गजल कम्तीमा पाँच र बढीमा सात सेरमा रचिएको हुनुपर्ने, प्रतियोगितामा प्रेषित गजलमा तखल्लुस (गजलकारको छोटो नाम/उपनाम) प्रयोग गर्न नपाइने, कुनै औपचारिक कार्यक्रममा वाचन नगरिएको, समाजिक सञ्जाल वा पत्रपत्रिकामा प्रकाशित नभएको हुनुपर्ने, साथै प्रतियोगीतामा प्रेषित गरिएको गजल नतिजा सार्वजनिक नभएसम्म कहीँ कतै औपचारिक कार्यक्रममा वाचन गर्न र सामाजिक सञ्जाल वा पत्रपत्रिकामा प्रकाशित गर्न नपाइने तथा यस्तो गरेको पाइएमा त्यो गजल अमान्य हुने बताइएको छ।

गजलको सिद्धान्तलाई अवलम्बन गरेर रचिएको गजल मात्र मूल्याङ्कनमा पर्ने बताइएको छ। गजल पठाउने अन्तिम मिति फेब्रुअरी १५ तारिक २०२३ रहेको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने गजलका स्रष्टालाई प्रमाणपत्रसहित रु, २५०००/ (पच्चीस हजार)/प्रमाणपत्र, २०,०००/ (बीस हजार)/प्रमाणपत्र, १५०००/ (पन्ध्र हजार)/प्रमाणपत्र तथा सान्त्वना पुरस्कारस्वरूप रु. १०/१० हजार, प्रमाणपत्र २ जनालाई प्रदान गरिने बताइएको छ।

गजलका स्रष्टाले आफ्नो स्पष्ट ठेगाना र ल्यान्डलाइन फोन वा मोबाइल नम्बर उल्लेख गर्नुपर्ने र प्रतियोगिताका लागि प्राप्त गजलहरूको मूल्याङ्कन हेतु विज्ञहरूको मूल्याङ्कन समित गठन गरिने जनाइएको छ।

प्रतियोगिताका लागि प्राप्त गजलहरू मूल्याङ्कनका लागि पठाउँदा गजलकारको नाम, ठेगाना हटाई कोड नं. कायम गरिनेछ र गजल प्रतियोगितामा प्रेषित उत्कृष्ट गजलहरू प्रकाशित गरिने बताइएको छ।

गजललाई [email protected] तथा [email protected] मा पठाउन सकिने आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्