राहदानी विभागको सफ्टवेयरमा समस्या देखिए पछि आइडिमियाले नेपाल पठायो विशेषज्ञ



काठमाडौँ। राहदानी विभागको सफ्टवेयरको व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ। सफ्टवेयरमा देखिएको समस्या समाधानका लागि त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गर्दै सेवा रोकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवाग्राहीलाई लाइनमा राखेर दुःख नदिन विभागीय अधिकारी निर्देशन दिएकै दिन विभागले सफ्टवेयरमा समस्या देखिएको भन्दै सेवा रोकेको थियो।

त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि अन्तर्राष्ट्रिय कम्पनी अइडिमियाले आफ्ना विशेषज्ञ पठाएको हो।

टोलीले सफ्टवेयरमा देखिएको समस्या पहिचान गर्ने र यसलाई सुधार्ने विश्वास गरिएको छ।

प्रधानमन्त्री कार्यालयको प्राविधिक टोली र विभागकै प्राविधिकले पनि समस्यामा बारेमा अध्ययन गरिरहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तत्काल देखिएको प्राविधिक समस्या हल गर्ने र लामो लाइनमा बस्नु नपर्ने गरी छिटो छरितोरुपमा राहदानी सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन प्रधानमन्त्रीले यसअघि नै निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्