गृहमन्त्री लामिछानेको मुद्दा पेसी सूचीको १ नम्बरमा



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिटको सुनुवाइ पेसी सूचीको १ नम्बरमा परेको छ। उक्त रिटको सुनुवाइ सर्वोच्च अदालतका कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा हुन लागेको हो।

कार्कीका साथ इजलासमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र अनिलकुमार सिन्हा रहेका छन्। नागरिकता तथा राहदानीको विषय उठाउँदै परेको रिटमा आज निवेदक र प्रतिवादी दुवै पक्षबाट बहस हुनेछ।

बहसपछि इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्नेछ। सर्वोच्चबाट लामिछानेविरूद्ध अन्तरिम आदेश आए उनी सांसद र मन्त्री हुन पाउँदैनन्।

अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गर्दै नेपाली राहदानी बनाएको आरोपमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको थियो। तर उनी गत पुस ११ मा उपप्रधान र गृहमन्त्री नियुक्त भएका थिए। आदेश जारी नभएको खण्डमा उनको पद यथास्थितिमै रहनेछ।

प्रतिक्रिया दिनुहोस्